• TOKHA LIVE

    • २४ बैशाख २०८०, आईतवार १६:४५

    बलिउड अभिनेता आमिर खान विपश्यना ध्यान केन्द्रमा

    टोखा लाइभ।, वैशाख २४,२०८०

    काठमाडौं–नयाँ फिल्म ल्याउने योजना बनाइरहेका बलिउडका अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् ।

    अभिनेता खान काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् । उनी भिस्तारा एअरको उडान नम्बर युके १५१ मा मुम्बईबाट काठमाडौं आएका हुन् ।

    आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई व्यवसायी रुप ज्योतिले स्वागत गरे । रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् ।

    ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आएको जानकारी दिदै उनको अन्य कार्यक्रम भने नरहेको बताए । खानलाई विमानस्थलबाट सोझै बुढानीलकण्ठ लगिएको थियो । उनी १० दिन मौन बस्नेछन्।विपश्यना ध्यान केन्द्र बुढानिलकण्ठ नगरपालिकाको मुहान पोखरीमा रहेको छ। यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै