• TOKHA LIVE

    • १९ बैशाख २०८०, मंगलवार १८:२१

    रवि लामिछानेका सवारी चालक उपचारको क्रममा निधन

    टाेखालाइभ डट कम /नविना श्रेष्ठ

    बैशाख १९,२०८० ,रवि लामिछानेका सवारी चालक थापाको निधन काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । अस्पताल स्रोतका अनुसार उनको मंगलबार दिउँसो १:३५ बजे निधन भएको हो । नेपाल मेडिसिटी अस्पतालको सूचना अधिकारी मनिता पोखरेलका अनुसार ड्राइभर थापालाई चिकित्सकहरूले १ बजेर ३५ मिनेट जाँदा मृत घोषित गरेको हो।वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई चितवनकै पुरानो मेडिकल कलेजबाट वैशाख ५ गते मंगलबार थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय थापा वैशाख ४ गते घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

    लामिछानेका ड्राइभर थापा छतबाट खसेर घाइते भएसँगै अचेत अवस्थामा थियो। उनी के कति कारणले छतबाट खसे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ। भने यकिन कारण हालसम्म सार्वजनिक गरिएको छैन । मेडिसिटी अस्पतालस्थित उच्च स्रोतका अनुसार थापाको टाउकोमा लागेका चोटका कारण पूर्ण रूपमा अचेत थिए र उनलाई मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । दिमागले कुनै पनि काम नगरी रहेको अवस्थामा रहेका थापाको स्वास्थ्यमा केही दिनअघि सुधारका संकेत देखिए पनि शुक्रबारदेखि उनको अवस्था पुन: गम्भीर बनेको थियो । ‘ब्रेन डेथ’को अवस्थामा रहेका थापाको मंगलबार दिउँसो निधन भएको हो । दुर्घटनामा परी निधन भएका कारण ड्राइभर थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगेको थियो। पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइने छ ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै