• TOKHA LIVE

    • १८ बैशाख २०८०, सोमबार १८:५७

    रास्वपाद्वारा वाग्ले अर्थनीति विभाग प्रमुखमा चयन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट निर्वाचित आफ्ना सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । सो पार्टीको आज केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले वाग्लेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । यसैगरी, आजको बैठकले विभिन्न ३६ वटा विभाग गठनसमेत गरेको जनाइएको छ । यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ बाट वाग्ले निर्वाचित भएको थियो । चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै