TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026
  • लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा  November 13, 2026
  • सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो November 13, 2026
  • ‘रामायण’ ले नेपालमा कति कमायो ? November 13, 2026
  • महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश November 13, 2026

श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धि : अध्यक्ष ओली

  • Avatar photo

    TOKHA LIVE

  • May 1, 2023
श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धि : अध्यक्ष ओली
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/बैशाख १८, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ । अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गर्नुभयो । “विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम भएको थियो । त्यही समझदारीका कारणले न्यूनतम पारिश्रमिक इतिहासमा उच्च, ३९ प्रतिशतले वृद्धि भएको थियो”, उहाँले भन्नुभयो ।  उहाँले एमालेको सरकारले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको सयममा वा सेवा निवृत्त भएपछिको जीवनको सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुआत गरेको उल्लेख गर्नुभयो ।उहाँले न्यूनतम पारिश्रमिक वृद्धिले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हड्ताल र तालाबन्दीको समस्या अन्त्य भएको भन्दै त्यसपछि मुलुकको अर्थतन्त्रले तीव्र विकासको लय समातेको उल्लेख गर्नुभयो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

November 13, 2026
‘रामायण’ ले नेपालमा कति कमायो ?

‘रामायण’ ले नेपालमा कति कमायो ?

November 13, 2026
महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश

November 13, 2026
सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो : महामन्त्री पौडेल

सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो : महामन्त्री पौडेल

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

    ‘रामायण’ ले नेपालमा कति कमायो ?

    ‘रामायण’ ले नेपालमा कति कमायो ?


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol