टोखा लाइभ। १८ वैशाख २०८०
नेपालमा रहेको आठौँ सताब्दीको नेपाली स्ट्याण्डिङ्ग बुद्ध मुर्ती र पाटनको इटुम बहालमा रहेको ४२ इन्च अग्लो १० औं सताब्दीको नृत्यादेवीको काठको प्रतिमा विभिन्न कारण हुँदै अमेरिका पुगेका थिए। ति दुवै मुर्तीहरु नेपाली कुटनैटिक पहलमा नेपालमा नै फिर्ता पठाइएको छ।
नृत्यादेवीको काठको मुर्ती ललितपुरको इटमबहालमा रहेको थियो भने स्ट्याण्डिङ्ग बुद्ध मुर्ती १९७० मा चोरी भएको थियो। सो मुर्ती थुप्रै व्यक्ति हुँदै अन्तमा संकलकर्ता समक्ष पुगेको थियो।
१० औं सताब्दीको ४२ इन्च अग्लो नृत्या देवीको काठको प्रतिमा थुप्रै व्यक्तिहरुले किन्दै बेच्दै गरेर व्यक्तिगत रुपमा संकलनकर्ताकोमा पुगेको थियो। त्यसैगरी आठौँ सताब्दीको स्ट्याण्डिङ्ग बुद्ध मुर्ती क्यालिफोर्नियाको हलिउड, बेभर्लीहिल निवासी हलिउड फिल्म निर्माता माइकल फिलिप्स (Michael Phillips) ले नेपाली महावाणिज्यदुत ऋषि ढकाललाइ अप्रिल १२, २०२३ मा हस्तान्तरण गरेका थिए।
अप्रिल २८, २०२३ मा नेपाली राजदूताबास वासिङ्गटन डिसीले एक विज्ञप्ति मार्फत फिल्म निर्माता माइकल फिलिप्सलाइ सो मुर्ती फिर्ता गरेकोमा धन्यवाद ज्ञापन गरेको छ। त्यसैगरी पहल गरेकोमा नेपाली महावाणिज्यदूत् ऋषि ढकाललाइ पनि धन्यवाद ज्ञापन गरेको छ।
सो सफल कार्यपछि नेपाली महाबाणिज्यदूत ॠषि ढकालले ती दुवै मुर्तीहरु अप्रिल २८, २०२३ शुक्रबार नेपाल पठाइएको जानकरी दिनुभएको छ। यसका साथै उहाँले फिल्म निर्माता माइकल फिलिप्स र नेपाली राजदूताबासलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ।

