नेपाल प्रहरीले एकअष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने लाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी रु ३० लाख ठगी गर्ने चितवन भरतपुर महानगरपालिका घर भई काठमाडौँको लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आज पक्राउ गरेको हो । पक्राउ परेका रेग्मी लाजिम्पाटस्थित माझी विष्ट्रो रेष्टुरेण्टका सञ्चालकसमेत हुनुहुन्छ ।पक्राउ रेग्मीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले अष्ट्रेलियामा मासिक रु तीन लाखभन्दा बढी तलब हुने प्रलोेभन देखाएर ३० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो । रेग्मीलाई वैदेशिक रोजगार विभागबाट गरिएको पत्राचारको आधारमा दरबार मार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

