• TOKHA LIVE

    • १६ बैशाख २०८०, शनिबार १६:५१

    त्रिवि मैदानमा पानी परेपछि नेपाल-कुवेतको सेमिफाइनल खेल फेरि रोकियो

    टोखा लाइभ। १६ वैशाख २०८०

    काठमाडौं। पानी परेपछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल रोकिन पुगेको छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो।

    नेपालले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याईरहेको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको बखतमा वर्षाका कारण पुनः रोकिन पुगेको हो।

    नेपालका करण केसीले ५ विकेट तथा सोमपाल कामीले एक विकेट लिईसकेका थिए। खेल सुरू हुने वा नहुने अझै टुंगो छैन।

    खेल सुरु नभएको खण्डमा नेपाल स्वतः बिजयी हुनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै