TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए November 13, 2026
  • लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा  November 13, 2026
  • सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो November 13, 2026
  • ‘रामायण’ ले नेपालमा कति कमायो ? November 13, 2026
  • महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश November 13, 2026

अर्थतन्त्र सुधार्न सहकार्यका लागि निजी क्षेत्रका छाता संस्थाको जोड

  • Avatar photo

    TOKHA LIVE

  • April 28, 2023
अर्थतन्त्र सुधार्न सहकार्यका लागि निजी क्षेत्रका छाता संस्थाको जोड
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

टाेखालाइभ डट कम/१४ बैशाख,२०८०

निजी क्षेत्रका दुई ठूला छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले विद्यमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोज्न  सहकार्य गर्ने भएका छन् ।  अर्थतन्त्रका समस्या समाधान गर्न संयुक्तरूपमा अघि बढ्ने ऐक्यबद्धता जनाएका हुन् । महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि आज परिसङ्घ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा दुवै संस्थाले यस्तो ऐक्यबद्धता जनाएका हुन् । परिसङ्घद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधारसँगै निजी क्षेत्रमैत्री कानून निर्माणका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । “उहाँले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता सङ्गठन मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताउनुभयो”, परिसङ्घको विज्ञप्तिमा भनिएको छ, “एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्नुहुँदै उहाँले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।” अर्थतन्त्र चलायमान बनाउन तथा विद्यमान चुनौतीको सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सहमति जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “निजी क्षेत्रले सङ्गठितरूपमा उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अध्यक्ष ढकालले समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो”, विज्ञप्तिमा भनिएको छ ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

November 13, 2026
लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

November 13, 2026
सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

November 13, 2026
‘रामायण’ ले नेपालमा कति कमायो ?

‘रामायण’ ले नेपालमा कति कमायो ?

November 13, 2026
महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले घोषणा ग¥यो ७.४८ प्रतिशत लाभांश

November 13, 2026
सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो : महामन्त्री पौडेल

सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो : महामन्त्री पौडेल

November 13, 2026
  • छुटाउनुभयो कि? सबै
    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    एनपीएल: चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा 

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

    सुदूरपश्चिम प्लेअफमा सुरक्षित,शिर्ष स्थानमा उक्लियो

    ‘रामायण’ ले नेपालमा कति कमायो ?

    ‘रामायण’ ले नेपालमा कति कमायो ?


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol