• TOKHA LIVE

    • १५ बैशाख २०८०, शुक्रबार २१:३०

    चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौं” : प्रधानमन्त्री पुष्पकमल दाहाल

    टाेखालाइभ डट कम/ बैशाख १५, २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताए। शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण सहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्न चाहेको बताएका छन्। चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दा विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांशा रहेको बताए। प्रधानमन्त्री प्रचण्डले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीपहरू,अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए।प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे। विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, मानव संसाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीन सरकारको धेरै सहयोगको आवश्यकता रहेको औल्याउनु भएको छ। नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न, अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै