• TOKHA LIVE

    • १३ बैशाख २०८०, बुधबार ०७:५९

    रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरू, रथ न:बहालमै रोकियो

    टोखा लाइभ। २०८० बैशाख १३ गते।

    काठमाडौँ– वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ सोमबार तानिएको छ।गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाइँ गरी रथ तान्न शुरू गरिएको हो।

    ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथलाई तानेर पहिलो दिन गाःबहालमा पुर्‍याउने भनिए पनि रथ सीधा अघि नबढ्दा न:बहालमै रोकिएको थियो।

    वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथ यात्रा हुन्छ। यसअविधिमा रथलाई पाटनमा घुमाइन्छ पुल्चोक बाच रथारोहण गराएपछि शुरू भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।

    रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिन अघिबाटै शुरू भए पनि सोमबारबाट रथ तानिएको हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन्।
    जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद् बताउँछन्। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै