• TOKHA LIVE

    • १२ बैशाख २०८०, मंगलवार १३:४२

    चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी

    टोखा लाइभ। १२ वैशाख २०८०

    काठमाडायौं। चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विजयी भएका छन्।

    लामिछाने ५४ हजार १ सय ७६ मतसहित भारी मतान्तरले विजयी भएका हुन्। उनको निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारयण श्रेष्ठले ११ हजार १ सय १४ मत पाए।

    तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्याैपानेले १० हजार ९ सय ३६ मत प्राप्त गरे। लामिछानेले कांग्रेसका श्रेष्ठ भन्दा ४३ हजार ६२ मत बढी पाएका छन्।

    यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए। यस क्षेत्रमा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो।

    गत आइतबार चितवन-२, बारा-२ र तनहुँ-१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो। चितवन-२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका हुन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै