• TOKHA LIVE

    • १२ बैशाख २०८०, मंगलवार ११:२२

    फ्लाइ दुबइको विमान दुर्घटना टर्‍यो

    टाेखालाइभ डट कम/बैशाख १, २०८०

    काठमाडौं : काठमाडौंको आकाशमा विमान दुर्घटना टरेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको सुरुवातमै फ्लाइ दुबइको जहाजको देब्रे इन्जिनमा समस्या आएको थियो । उडेको केहिवेरमै इञ्जिनमा समस्या आएको थियो । समस्या आएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका थिए । तर, विशेष सावधानीका कारण विमान दुर्घटना हुनबाट टरेको हो । विमानको इञ्जिनमा समस्या आउँदा ठूलो आवाज समेत आएको थियो । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार यससँगै जहाज गन्तव्यतर्फ लागेको थियो । असामान्य अवस्थाको जहाजले आकाशमा केहीबेर फन्को लगाएको थियो । पाइलटले जहाजलाई केहीबेर अघि उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।  उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको थियो । प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका थिए । जहाजमा १२० विदेशी र ४९ जना नेपाली सवार रहेका थिए ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै