• TOKHA LIVE

    • ८ चैत्र २०७९, बुधबार २१:१८

     घट्यो सुनको मूल्य

    टाेखालाइभ डट कम/चैत्र ८, २०७९

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख सात हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख नौ हजार तीन सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय ३५ मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    नेप्से घट्यो

    घट्यो पेट्रोलियम पद्धार्थको मूल्य

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै