• TOKHA LIVE

    • २३ फाल्गुन २०७९, मंगलवार २०:४४

    नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

    टाेखालाइभ डट कम/ २३ फागुन २०७९

    धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर तीन सय ७० दशमलव २४ मा पुगेको छ ।नेप्सेका अनुसार कारोबारका आधारमा साल्टटे«डिङ कर्पोरेशन शीर्षस्थानमा छ । कम्पनीको रु १२ करोड सात लाख ८५ हजार पाँच सय तीन बराबरको कारोबार भयो । यस्तै हिमालयन डिस्टिलरी रु नौ करोड ३९ लाख ४४ हजार पाँच सय ५९, छिमेक लघुवित्त रु पाँच करोड ४५ लाख २० हजार तीन सय ३७, शिवम् सिमेन्ट रु तीन करोड ११ लाख छ हजार सात सय ३९ र एनआइसी एसिया बैंक रु तीन करोड दुई लाख १९ हजार एक सय ८४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य ओरालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू २८ खर्ब २८ अर्ब ८२ करोड ५८ लाख नौ सय ८६ बराबर पुगेको छ । विभिन्न कम्पनीका ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर रु एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ बराबरको कारोबार भएको छ ।  नेप्सेका अनुसार सुभम् पावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सुपर मादी हाइड्रोपावर नौ दशमलव ९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो आठ दशमलव शून्य दुई, इमर्जिङ नेपाल पाँच दशमलव ८० र स्वाभिमान लघुवित्तको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    नेप्से घट्यो

    घट्यो पेट्रोलियम पद्धार्थको मूल्य

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै