• TOKHA LIVE

    • १९ माघ २०७९, बिहीबार १८:५५

    सुनको मूल्य निरन्तर उकालो लाग्दै

    टाेखालाइभ डट कम/माघ १९ ,२०७९

    पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार आठ सय पुगेको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु १५ले बढेर प्रतितोला रु एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ ।यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला रु एक लाख छ हजार नौ सय पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार छ । अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार आठ सय पुगेको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु १५ले बढेर प्रतितोला रु एक हजार तीन सय ९५ पुगेको महासङ्घले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै