• TOKHA LIVE

      TOKHA LIVE

    • १९ माघ २०७९, बिहीबार १७:४८

    नेप्से दोहोरो अङ्कले घट्यो

    टाेखालाइभ डट कम/माघ १९ ,२०७९

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।आजको कारोबारमा कूल ५८ लाख ०८ हजार नौ सय तीन कित्ता शेयर रू दुई अर्ब नौ करोड ६४ लाख १९ हजार एक सय ६१ मूल्यमा कारोबार भएका छन् । आजको कारोबारपछि ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये १९ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ९४ कम्पनीको शेयर मूल्य घटेको छ । साथै तीन वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

    कारोबारपछि बजार पुँजीकरण रू ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख ८६ हजार ३१ पुगेको छ । नेप्सेका अनुसार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक शीर्ष स्थानमा छ । कम्पनीको रू १० करोड १३ लाख ९१ हजार दुई सय ५२ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंकको रू पाँच करोड ५० लाख ४० हजार एक सय ८३, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको रू चार करोड ९० लाख ९९ हजार सात सय ५१, अपि पावर कम्पनीको रू चार करोड ८४ लाख पाँच हजार तीन सय ९६ र चिलिमे जलविद्युत् कम्पनीको रू चार करोड ५८ लाख ३६ हजार पाँच सय पाँचमा शेयर कारोबार भइ शीर्ष पाँचमा परेका छन् ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै