• TOKHA LIVE

    • १० माघ २०७९, मंगलवार १७:४५

    नेप्से परिसूचकमा सामान्य वृद्धि

    टाेखालाइभ डट कम/ माघ ९,२०७९

    धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब ५३ अङ्कले उकालो लागेर चार सय १५ दशमलब ५४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये नौको शेयर मूल्य उकालो लाग्दा चार उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबार भएकामध्ये एक सय नौ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ८९ कम्पनीको ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८३ लाख एक सय ८७ कित्ता शेयर रु तीन अर्ब ३२ लाख ३० हजार ३९ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ३७ अर्ब ६० करोड ५२ लाख १७ हजार दुई सय ७२ बराबर छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।

    सो कम्पनीको रु १२ करोड ९१ लाख सात हजार तीन सय ९६ बराबरको कारोबार भयो । यस्तै, शिव श्री हाइड्रोपावर रु १० करोड ४१ लाख ३३ हजार आठ सय ४३, अपि पावर कम्पनी रु नौ करोड ३० लाख ५८ हजार चार सय १४, माथिल्लो तामाकोसी रु नौ करोड १६ लाख ३६ हजार एक सय २३ र एनआइसी एशिया बैंक रु सात करोड ५३ लाख नौ हजार दुई सय ६० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार, सानिमा जीआइसी जनरल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सूर्योदय वोमी लघुवित्त नौ दशमलब ७७, शिव श्री हाइड्रोपावर नौ दशमलब शून्य दुई, गुह्यश्वरी मर्चेन्ट बैंक छ दशमलब ६१ र मल्टीप्रर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले छ दशमलब ४२ प्रतिशतले कमाएका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै