• TOKHA LIVE

    • २० पुष २०७९, बुधबार १३:२०

    सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

    टोखा लाइभ डट कम। पुष २०, २०७९

    काठमाडौँ/सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला रु एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य नयाँ कीर्तिमान

    छुटाउनुभयो कि? सबै