नविना श्रेष्ठ
मंसिर २७,२०७९
काठमाडौंको दशरथ रंगशालामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एसिया रग्वीको आयोजना र नेपाल रग्वी एसोसिएसनको व्यवस्थापनमा पहिलो पटक काठमाडौंमा भएको हो।

कार्यक्रमका प्रमुख अतिथि माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले , खेलकुद मन्त्री अर्थक महेश्वर गहत्र्राज रहेको थियो।दक्षिण कोरिया र युएइ यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेको छ।

दक्षिण कोरिया पुरुष तथा युएइ महिलामा पहिलो भएको थियो। भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गरें। आइतबार भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएइले भारतलाई ३६–० ले हराउदै उपाधि भिडन्त भएको हो।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भएको थियो।

मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो , भने
पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छ्याउदै पहिलो भए। ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।
आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित भएको हो।
महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले पराजय भयो ।
मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो र महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रियस्तरको खेल भएको हो ।

