• TOKHA LIVE

    • २५ जेष्ठ २०७९, बुधबार १७:२२

    असार देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

    टाेखालाइभ डट कम जेठ २५,२०७९

    काठमाडौं /भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना असार देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने बताएको छ। बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो।

    ‘कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ,’ विभागले भनेको छ।सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्खायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रष्ट पारेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै