नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन १२,२०७८
नेपाल स्काउट कार्यालयमा भएको तोडफोडको विरोधमा बुधबार देश भरका स्काउटहरु प्रदर्शनमा उत्रेका छन्।
नेपाल स्काउटका स्वयंसेवी सदस्यहरुले खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.का सञ्चालक दिपक खड्काको कार्यालय अगाडी शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। मंगलबार नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा संखुवासभाका कांग्रेस नेता खड्काको नेतृत्वमा तोडफोड गरेको थियो।
घटनाका दोषी तत्काल कारवाही गर्न माग सहितको निवेदन र किटानी जाहेरी सोह्रखुट्टे प्रहरीले दर्ता गर्न नमानेपछि स्काउटका सदस्यहरु त्यसको विरोधमा उत्रिएका छन् । नेपाल स्काउटसँग करार सम्झौता गरी व्यवसायिक भवनहरु भाडामा लिएको खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.ले वर्षौंदेखि करिब ३ करोड १७ लाख बक्यौता भाडा समेत नबुझाउएको र सम्झौता विपरीत भवन तथा संरचनाहरु बनाएको थियो।
नेपाल स्काउटले बाँकी रहेको भाडाको लागि भाडामाग गर्दा खड्काले गुण्डा प्रयोग गरी कार्यालयमा तोडफोड गरि सामान फुटाउने र कर्मचारीको कार्यकक्षमा रहेको ल्यापटप चोरी गरी लगेको छ। मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरी खड्का र संलग्न व्यक्तिहरु माथि प्रमाण सहित कारबाहीको माग गरेको छ।

