नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन ११,२०७८
नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय
लैनचौरमा तोडफोड साथै कार्यालयको ल्याप टप समेत चोरी भएको छ। मंगलबार दिउसो कार्यालयमा प्रवेस गरेको एक समुहले सो कार्यालयको ल्यापटप चोरेर लैजानुका साथै अन्य संरचना समेत तोडफोड गरेको छ।

कार्यालयको जग्गामा पार्टी प्यालेस र व्यवसायिक भवनहरुमा नियम अनुसार प्रयोग गरे वापत खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई वर्षौ देखिको ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैया ६७ पैसा भाडा तिर्नलाई आग्रह गर्दा गालि गलौच र तोडफोडमा उत्रिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पत्रकार सम्मेलन आयोजना गरेर बताएका हुन् ।

सम्झौतामा नभएका स्थानहरुमा अबैधानिक संरचना निर्माण गरेको विषयमा पटक पटक पत्राचार र ध्यानाकर्षण गराउदा पनि भाडा नतिरेको कम्पनीका दिपक खड्काको नेतृत्वमा फागुन ९ गते सोमबार आएको समुहले कर्मचारीहरुलाई धम्की दिएको बताउदै संयोजक भण्डारीले आज मङलबार अचानक आक्रमण गर्न आएको बताए।
मङलबार दिउसो कर्मचारीहरु खाजा खाने समय परेकोले थप अप्रिय अवस्था नआएको जानकारी दिदै कार्यकारी निर्देशक रामप्रसाद भट्टराईले फागुन ९ गते र १० गते आउने व्यक्तिहरु एउटै समुह रहेको र केहीको पहिचान समेत भएकोले तुरुन्त पक्राउ गरी कारवाही गर्न माग गरेका थिए।
राज्यको निकै महत्वपूर्ण स्वयंसेवी संस्थामाथि भएको आक्रमण निकै भयावह रहेको भन्दै भट्टराईले नेपाल स्काउट कानुनी उपचारमा जाने समेत जानकारी दिइएको थियो।
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल स्काउटले तोडफोड र आक्रमण जस्तो अपराधको विरोध गर्नका लागि देशभरका प्रदेस ,र स्थानीय स्काउट कमिटी तथा सदस्यहरुलाई समेत आव्हान गरेको छ।


