टाेखालाइभ/ माघ २०,२०७८
काठमाडाैं : योगदानकर्तालाई सामाजिक सुरक्षा कोषले रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।
यसैगरी काेषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको जनाएको छ ।
हालसम्म रु १२ अर्ब ७६ करोड योगदान रकम संकलन भएको काेषले जनाएकाे छ ।कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेस प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट एक हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएकाे काेषले जनाएकाे छ ।
कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् ।

