टोखा लाइभ ।२०७८ माघ १५ गते ।
काठमाडौं । विमल घर्ती मगरले दोस्रो हाफमा गरेको गोलसँगै नेपालले मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिदा विमलले नेपाललाई दोस्रो हाफमा अग्रता दिलाएका थिए। दोस्रो खेल मंगलबार हुनेछ ।

