• TOKHA LIVE

    • २ माघ २०७८, आईतवार २०:२१

    उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा स्काउट BTC/PTC तालिम सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/माघ २,२०७८

    उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा स्काउटBTC/PTC तालिम सम्पन्न भएको छ। उमाकुण्ड गाउँपालिकाको अायाेजित ५ रात ६ दिने अाधारभूत BTC/PTC तालिमको समापन स्थानीय स्काउट संयाेजक श्याम कुमार लामाकाे सभाअध्यक्षतामा प्रमुख अथिति गाउँपालिकाकाे श्रदे्य अध्यक्ष शेर बहादुर सुनुवार,अथितिहरू सातै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

    नेपाल स्काउट आधारभूत तालिममा उमाकुण्ड गाउँपालिकाका स्काउट शिक्षकहरू, गाेकुलगंगा गाउँपालिकाका स्काउट शिक्षकहरू र साेलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिकाका स्काउट शिक्षकहरू गरि ४० जना स्काउट शिक्षकहरूको सहभागीता रहेकाे थियाे । तालिममा सहभागी भई पूर्णरूपमा स्काउट शिक्षक बन्नु भएको सबैलाई हार्दिक बधाईका साथै उत्ताेरत्तर प्रगतिको शुभकामना दिनु भएको थियो।

    समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा उमाकुण्ड स्काउट उभिनु पर्छ भन्दै तालिममा सिकेका ज्ञान, सीप, कला र कौशलको भरपुर सदुपयोग गर्दै उमाकुण्ड गाउँपालिकाका विद्यालयहरुमा स्काउट शिक्षा पुर्याई सबल, सक्षम समाज निर्माण गर्ने जिम्मेवारी पुरा गरि एउटा अब्बल गाउँपालिकाकाे रुपमा चिनाउने जिम्मेवारी स्काउट शिक्षकहरुको काँधमा आएको बताए ।

     

    त्यसका लागि आवश्यक सरसहयोग तथा समन्वयका लागि आफु सधैँ तयार रहेको कुरा समेत बताउनु भयो । उमाकुण्ड गाउँपालिकालाई असल स्काउटको क्षेत्रका रुपमा रुपान्तरण गर्नकाे लागि स्काउट गतिविधि र स्काउट शिक्षकहरूका लागि प्राेत्साहनमूलक कार्यक्रम ल्याउने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । हाल उमाकुण्ड गाउँपालिकाका ७ वटै माविमा गरि २३६ जना विद्यार्थी स्काउटमा अावद्व रहेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै