नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २१,२०७८
नेपाल स्काउट तदर्थ समितिका नवनियुक्त संयोजक, सह-संयोजक तथा सदस्यहरूको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सोमबार एक समारोहको बिच सम्पन्न भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा माननीय युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख महेश्वरजंग गहतराज अथकले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति गठन गर्दै समितिका संयोजक रविन दाहाल सह-संयोजक राजिव खत्री सहित १५ जना सदस्य समितिलाई मन्त्रालयमा आयोजित एक समारोहमा दिक्षान्त एवं शपथ ग्रहण गराउनुभएको हो।
समितिका सदस्यहरुमा बबिता कटवाल, विजय किशोर झा, सन्तोष कुमार थापा, हरि बहादुर श्रेष्ठ, केशव महर्जन,राम चरित्र ठाकुर,शिप प्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा,दिपक अर्याल,तिलक खत्री,जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएका छन्।
नवगठित समितिका संयोजक सह-संयोजक तथा सदस्यहरूलाई हिजो दिउँसो नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचोरमा स्काउटका निर्देशक रामप्रसाद भट्टराइले पदभार ग्रहण गराउनुभएको थियो।
कार्यक्रमका युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख गहतराजले अब स्काउटको नियम अनुसार चल्नुपर्ने र प्रत्येक घर र स्कुलमा स्काउट पुर्याउन सके मर्यादित देश र समाजको निर्माण हुने बताए।
नवनियुक्त स्काउटका संयोजक रविन दाहालले आगामी दिनमा स्काउटलाई हाम्रो राम्रो स्काउटको परिचय बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा स्काउटका अग्रज स्काउटर, अग्रज लिडर हरुको बधाई दिन उपस्थित भएको थियो।















