• Sanu Raj Dangol

    • २९ असार २०७८, मंगलवार २१:००

    प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिए

     

    टाेखालाइभ/ असार २९
    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्च अदालतले सोमबार दिएको परमादेश अनुसार मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ति जारी गरेको थियो

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरि दिएको नियुक्तिपत्र सार्वजनिक भएपछि देउवाले आपत्ति जनाएका थिए। सोहीकारण साँझ ६ बजे हुने भएको सपथमा ढिलाइ भएको थियो।
    राष्ट्रपति कार्यालयले नियुक्तिपत्र सच्चाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सपथ लिन तयार भएका थिए । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार नियुक्त गरिएको विज्ञप्ति प्रकाशित गरेपछि देउवाले संविधानको धारा ७६ (५) उल्लेख नगरी यसअघि शपथ नलिने अडान राखेका थिए।
    देउवाको आपत्तिपछि संविधानको धारा ७६ (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवाले सपथका लागि शीतलनिवासमा राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको भाषा सच्चाएपछि देउवाले शपथ लिएका हुन् ।

    पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, डा बाबुराम भट्टराईसहित शीर्ष नेताहरु शपथग्रहण समारोहमा सहभागी भएका थिए ।


    मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका हुन्।शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की न्याय कानुन तथा संसदीय मामिला तथा माओवादीका पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थ मन्त्री भएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै