• TOKHA LIVE

    • ७ असार २०७८, सोमबार १९:००

    नेपालमा थप २२ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि:-

     

    टाेखालाइभ/असार ७ काठमाडौं

    नेपालमा पछिल्लो २४ घन्टामा थप २२ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको छ ।
    त्यस्तै कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार ७ सय ७२ पुगेको छ ।
    देशभर गरिएको ६ हजार ५ सय ८३ वटा पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ एन्टीजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    त्यस्तै थप ३ हजार १ सय ३० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५९ हजार ९ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् ।
    हाल ५३ हजार ९४० सक्रिय संक्रमित आइशोलेशन र ४४२ जना क्वारेन्टिनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३२ लाख ७५ हजार ८४९ वटा पीसीआर र १ लाख ४६ हजार ८८३ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै