टाेखा लाइभ /जेठ ३१, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ ।
उक्त अवधिमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट कुल ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ५ हजार १४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या हालसम्म ५ लाख ३६ हजार २५२ पुगेको छ ।हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ जना रहेको छ ।

