टोखा लाइभ ।जेठ १२, २०७८
एजेन्सी । नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्यान्डको वुमन्स सुपर लिगमा एस्टन भिल्लाको ‘प्लेयर अफ द सिजन’ घोषित भएकी छिन् ।
यस सिजनको लिगमा भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै अस्मिता प्लेयर अफ द सिजन चुनिएकी हुन् ।भिल्लाले मंगलबार अस्मितालाई टिमले प्लेयर अफ द सिजन घोषित गरेको जनाएको छ ।
१९ वर्षीय डिफेन्डर अस्मिताले यस सिजन १८ लिग खेल खेलेकी थिइन् ।
इंग्ल्यान्डको यू-१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी थिइन् ।
एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गरेपछि अस्मितालाई क्लबले व्यवसायिक सम्झौता गरेको थियो ।अस्मिताले २०१७/१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, म्यानेजमेन्ट र समर्थकलाई प्रभावित पारेकी थिइन् ।
अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिता पूर्व गोर्खा सैनिक अमृत आलेकी छोरी हुन । अमृतको पुख्यौली घर तनँहु दमौली हो ।

