टाेखा लाइभ / बैशाख २५ ,२०७८
नेपालमा शनिबार थप ८ हजार चार सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।त्यस्तै कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीन हजार ६ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपाल पछिल्लो २४ घन्टामा ९८९ वटा एन्टीजेन परीक्षणका क्रममा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ ।
त्यस्तै थप तीन हजार तीन सय ७० संक्रमित निको भएका भएका छन् । हालसम्म नेपालमा दुई लाख ९८ हजार ७६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

