• TOKHA LIVE

    • २४ बैशाख २०७८, शुक्रबार ०९:२४

    नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि, थप ५४ जनाको मृत्यु

    टाेखा लाइभ डट कम / बैशाख २४,२०७८

    नेपालमा थप ९ हजार ७० कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घन्टामा थप ५४ जनाको मृत्यु भएको छ।

    देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५ सय ८० पुगेको छ ।त्यस्तै थप दुई हजार सात सय ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म दुई लाख ९२ हजार ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

      हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार पाँच सय २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै