• Sanu Raj Dangol

    • २३ बैशाख २०७८, बिहीबार १६:३९

    अलबिदा गाेल्डेन भ्वाइस प्रेमध्वज प्रधान:-

    टाेखा लाइभ / बैशाख २३

    वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार अघि गरिएको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बासबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

    विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनी घरको सांगीतिक माहोलका कारण गित संगितको क्षेत्रमा आएका थिए ।
    प्रेमध्वज प्रधानको नेपाल भाषाको फिल्म राजमतीको सदाबहार गित ‘राजमती कुमती जिके वसा पिरती ‘ लगायत प्रधानका काल जयि गितहरुमा‘ घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै गितहरु चर्चित छन्

    प्रेमध्वज प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे । उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको संगीत यात्रा अनवरत फैलिएको थियोे ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै