• TOKHA LIVE

    • १३ बैशाख २०७८, सोमबार ०३:४७

    वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ बैशाख १३,२०७८

                      जात्रा पर्व……… राष्ट्रिय गर्व

    काठमाण्डौ महानगरपालिकाको श्री आर्याअवलोकितेश्वर वर्षा र सहकालका देवता (सेतो मछिन्द्र नाथको) रथ यात्रा चैत ११ गते सकिएको छ। चैत ७ गते चैते दशैंको दिनमा जमलको तीनधारा पाठशालाको आगाडी वाट यात्रा सुरु गरी असनमा राखिएको थियो। त्यसैगरी चैत ८ गते असनबाट हनुमानढोका कालभैरवको आगाडी रथ राखी लगन सम्म रथ जात्रा गरिएको थियो। चैत १० गतेको दिनमा लगनमा आफ्नो आमालाई तीन पटक (घुमेर) परिक्रमा गरी पाँचै दिनमा सेतो मछिन्द्र नाथको रथ वाट निकाली खाटमा राखेर जनबहाल मच्छिन्द्र नाथको मन्दिरमा राखिएको थियो।

    गत वर्ष कोभिडको कारणले जात्रा मनाउन पाएको थिएन। तर यो वर्ष पनि कोभिड -१९ को भयावह स्थिती भएपनि सभ्य र भव्य हुनुको कारण श्री मच्छिन्द्र नाथ रथ जात्रा ब्यवस्थापन समितिले गरेको थियोे ।

    त्यसको साथै स्थानीय संघसंस्था, क्लव, नेपाल प्रहरी, नेपाली सेना सहितको समन्वयमा तयारी गरेको स्वास्थ्य सुरक्षा शान्ति सुरक्षा बिशेष अपनाएको मच्छिन्द्र नाथ जात्रा ब्यवस्थापनका सदस्य श्रीजन मान श्रेष्ठले जानकारी दिनुभयो।

     

    जात्रा सुरू भएकाे समय देखि अन्तिम समय सम्म पनि मास्क बिना भिडमा कसैलाई बस्न नदिएको र भिडमा पनि सेनिटाईजर छर्केर हिँडेको ब्यवस्थापन समितिका सदस्य श्रेष्ठले बताए।

    देशमा कोभिड -१९ जस्ता भब्यवह रोग लाग्नबाट सबै नेपाली जनतालाइ बचाउन र यो रोग फैलन नदिनको लागि यो वर्ष मच्छिन्द्र नाथको जात्रा गर्नै पर्ने भएकोले यसपालि जनवहाल आर्याअवलोकितेश्वर (सेतो मछिन्द्र नाथको पूजारी २५ वडाका वडा अध्यक्ष निलकाजी शाक्यले बताउनुभएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै