टाेखालाइभ डट कम/बैशाख ९,२०७८
नेपालमा बिहीवार थप २ हजार ४ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार १ पिसिआर परीक्षणका क्रममा २३ सय ६५ र ४४७ एन्टीजेन परीक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ पुगेको छ । त्यस्तै थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ११७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २५२ जना कोरोनमुक्त भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म १२ हजार ६९० जना आइशोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् ।

