• TOKHA LIVE

    • ११ फाल्गुन २०७७, मंगलवार ०९:१४

    अमेरिकामा कोरोनाबाट पॉच लाख बढीको मृत्यु, झन्डा आधा झुकाईने

    २०७७ फाल्गुन ११, मंगलवार

    एजेंसी ।महाशक्ति अमेरिकालाई कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनाएको छ । अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या पाँच लाख नाघेको छ। तथ्यांकअनुसार सोमबारसम्म पाँच लाख ७१ जनाको मृत्यु भएको छ।

    अमेरिकी सरकारले कोरोनाबाट मृत्यु भएकाहरुको र प्रभावितको शोकमा पॉच दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै भएको बताएका छन् ।

    सोमबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै बाइडेनले एउटा राष्ट्रको रूपमा यस्तो कठोर भाग्य आफूहरूले स्वीकार्न नसक्ने बताए।

    ‘लामो समयदेखि हामी यो महामारीसँग लडिरहेका छौं तर यो समयलाई हामीले आफूलाई विक्षिप्त भएर केही गर्नै नसक्ने हुन दिनुहुन्न,’ बाइडेनले भने,‘परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति हामीले रोक्नुपर्छ। यो लडाइँ हामी सबै एक अमेरिकी नागरिक भएर लड्नुपर्छ।’

    सम्बोधनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगायत अधिकारीहरूले मृतकको सम्झनामा मौन धारण गरेका थिए। बाइडेनले अमेरिकाभरि मौन धारण गर्न आग्रह गरेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै