• TOKHA LIVE

      TOKHA LIVE

    • १६ माघ २०७७, शुक्रबार ०६:२३

    विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण

    काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

    बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो।

    पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।

    उनले नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको बताए।

    ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु,’ उनले भने।

    कार्यक्रममा जापनी राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सधैं निरन्तर रहने बताइन्।

    राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो।

    हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको महाभुकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो। भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो।

    जापानीज निर्माण कम्पनी हाजमा अण्डो करर्पोरेशनले सन् २०१९ जुलाई ३ मा सुरु गरेको पुनःनिर्माण करिब १८ महिनामा निर्माण सम्पन्न गरेको थियो।

    पुनःनिर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै