टोखा लाइभ। २२ फागुन २०७९
टोखाको धार्मिक एवं सांस्कृर्तिक नगरी सपनतिर्थ ।आज यहाँ रहेका सपनतिर्थ भजन खल: होलीको रङमा रमाएका छन्।
होली नेपाली परम्पराको रङको पर्व। एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ। सपनतिर्थ भजन खलले विभिन्न रङमा रङ्गिएर नाचगान गर्दै रमाएर रङ लगाउँदै होली खेले।
फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विभिन्न टोखाका दाफाखल: पुचले हजार भन्दा बढीले एकअर्कामा होली रङ लगाएर रमाएका थिए।
होलीको रङसँगै रमाइरहेका राजकुमार कुंवरले यो विशेष दिनले निकै खुसी दिएको बताए। “निकै खुसी लागेको छ, ऐतिहासिक नगरी सपनतिर्थमा आएर रङसँग रमाउन पाउँदा, आनन्द पनि लागेको छ, सबै जनालाई खुसी देखेको छु”, उनले भने।
“यहाँ कसैले को कहाँबाट आएको भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनपर्यो”, योग गुरू ध्रुव मजदारीले उनले विभेदरहित पर्वको पनि सङ्ज्ञा दिए। उनीसँग रहेका अर्को टोखा सरस्वती गाविसका पूर्व अध्यक्ष बाबुलाल डंगोलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए।
र आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाए। उनले सपनतिर्थ भजन खल:ले आयोजना गरेको कार्यक्रमले विभिन्न साथीहरू एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गर्नुभयो।
त्यसैगरी टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्रले रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताए। “ म खुसी छु, जीवनको रङसँग रमाएको यो अवसरका लागि सपनतिर्थ भजन खल: सबैलाई धन्यवाद”, धर्मेन्द्रले भने।
यस सपनतिर्थ भजन खलका अध्यक्ष हरिमाया श्रेष्ठले हरेक वर्ष फागुपूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि उल्लासमय उपस्थितिका लागि कार्यक्रम गरेको बताइन्।
उनले टोखामा पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी आज सपनतिर्थको तेस्रो वार्षिक साधारण सभामाआउनु भएका सदस्यहरूलाई धन्यवाद दिइन।
आज होलीका दिनमा सपनतिर्थ भजन खलले आगामी दिनमा संस्कृतिलाई बचाएर अझ जानकारी दिन सकियोस् भनेर आर्दश थापाले ३ हजार, विकास खड्गीले १० हजार र नाम्खा लामाले रूपैया ५ हजार सहयोग गर्नु भएको थियो। आजको कार्यक्रममा डा. अर्मृत घिमिरे, श्यामलाल श्रेष्ठ ध्र्ुव मजादारी, भुपू अध्यक्ष बाबुलाल डंगोल लगायत अन्य महानुभावको पनि आतिथ्यता रहेको थियो ।यस सपनतिर्थ भजन खलले गुरू मनकाजी डंगोल, पत्रकार हिक्मत डंगोल, पुर्व गाविस अध्यक्ष बाबुलाल डंगोल, योग गुरू ध्रुब मजदारी, विकास खडगी नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नु भएको थियो थियो। कार्यक्रमको सभापतित्व हरिमाया थिए भने संचालन सचिव सानुमाया श्रेष्ठले गरेकी थिईन।