टाेखालाइभ डट कम/ माघ १०,२०७९
काठमाडौँको बानेश्वरमा आज एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका देखिएको प्रहरीले जानकारी दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ । आचार्यको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।तस्बिर : सामाजिक सञ्जाल