•            
    • Hikmat Dangol

    • ६ आश्विन २०७९, बिहीबार १८:३०

    बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

    टोखा लाइभ। २०७९ असोज ६ गते।

    काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

    अखिल नेपाल फूटबल संघ (एन्फ) का कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

    तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्।

    उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
    २३ सदस्यीय टोली
    गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
    डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल
    मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट
    फर्वार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै