•            
    • Hikmat Dangol

    • २८ श्रावण २०७९, शनिबार ०५:२४

    ग्रीसमा आप्रवासी डुङ्गा डुब्दा दर्जनौं बेपत्ता

    टोखा लाइभ ।२०७९ साउन २८ गते ।

    युरोन्युज ।ग्रीसको समुद्री तटमा आप्रवासी हरुको बोकेको डुङ्गा डुब्दा दर्जनौं बेपत्ता भएका छन् ।

    ग्रीसका अधिकारीहरूले आप्रवासी बोकेको डुङ्गा राती डुबेपछि बेपत्ता भएका ५० जनाको खोजी भइरहेको बताएका छन् ।

    ग्रीसको रोड्स र क्रेट बीचको दक्षिणपूर्वी टापु कार्पाथोसको ३३ समुद्री माइल (६१ किलोमिटर) पूर्व दक्षिणपूर्वमा रहेको समुन्द्रबाट २९ जना पुरुषलाई उद्धार गरिएको तटरक्षकले बुधबार बताएका छन् ।

    उद्धार गरिएका मध्ये अफगानिस्तान, इराक र इरानका नागरिक थिए। उद्धार गरिएकाहरूले अधिकारीहरूलाई जहाजमा लगभग ६० देखि ८० व्यक्तिहरू भएको बातएका छन् । डुंगा एजियन सागरमा डुबेको तटरक्षकले बताएका हुन् ।

    उद्धार गरिएकाहरूले उक्त डुङ्गा दक्षिणी टर्कीको तटमा रहेको अन्टाल्या क्षेत्रबाट हिंडेको र राती समस्यामा पर्दा इटालीतर्फ लक्षित रहेको बताए ।

    दुई समुद्री तट रक्षकका गस्ती डुङ्गा, एक ग्रीक नौसेना जहाज, एक वायुसेनाको हेलिकप्टर र कम्तिमा तीनवटा जहाजहरू तीव्र हावाको बाबजुद खोज र उद्धार प्रयासमा सहभागि भएको तटरक्षक प्रवक्ताले उल्लेख गरेका छन् ।

    मध्यपूर्व, एसिया र अफ्रिकाका शरणार्थीहरूका लागि युरोप छिर्ने सबैभन्दा सामान्य समुद्री मार्ग टर्कीबाट नजिकैको ग्रीक टापुहरूमा पुग्नु हो । ग्रीसबाट आफूले चाहेको अन्य युरोपेली मुलुक छिर्ने गरेका छन् ।

    तर ग्रीक अधिकारीहरूले एजियन महासागरमा गस्ती बढाउँदै लगेका छन् भने टर्कीले मानिसहरूलाई शरणको लागि आवेदन दिन अनुमति नदिई सुपुर्दगी वा देश निकाला गर्न थालेको छ । यो पछिल्लो स्थितिले गर्दा धेरै आप्रवाशी ग्रीक टापुहरू तर्फ जान लागेका छन् । त्यसैले उनीहरु सिधै इटालीमा पुग्न लामो यात्रा गर्ने, बढी खतरनाक मार्ग लिने प्रयास गरिरहेका छन् ।

    ग्रीसका अधिकारीहरूले भने उनीहरूले शरणार्थीहरूको गैरकानूनी तरिकाले निष्कासन गरेको भनाईलाई अस्वीकार गर्दै आएका छन् ।

    इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार जनवरीदेखि पूर्वी भूमध्यसागरमा कम्तिमा ६४ जनाको मृत्यु भईसकेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै