•            
    • TOKHA LIVE

    • ९ असार २०७९, बिहीबार १०:०६

    आजबाट नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप

    टाेखालाइभ डट कम/असार ९,२०७९

    काठमाडौं । आजबाट नेपाल सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार १५ गतेसम्म पहिलो मात्रा खोप अभियान सुरु गरिएको हो ।

    पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी भैरहेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै