•            
    • TOKHA LIVE

    • ८ जेष्ठ २०७९, आईतवार ०९:२७

    गायक राजु लामाद्वारा बिश्वकै अग्लो चुचुरो सगरमाथा आरोहण

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ ७,२०७९

    काठमाडौं /गायक राजु लामा बिश्वकै अग्लो चुचुरो सगरमाथा आरोहण गरेका छन् । राजु लामा सगरमाथा आरोहण गरेका ५ गते काठमाडौं फर्किएका हुन् ।उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेकाे थियो। भने सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताउनुभयो।
    उनले भने, ‘सगरमाथाको चुचुरोमा पुग्दा मलाई यति गर्व भयो कि हामी यस्तो सुन्दर देशमा छौं। नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल हाम्रो देशमा छ।

    त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाए म आफूलाई भाग्यमानी थान्छु।
    ’गायक लामाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएको बताए।
    जलवायु परिवर्तनको असरबारे सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एकल कन्सर्टसमेत गरेर कीर्तिमान बनाएको छ। यो नै विश्वकै उच्च स्थानमा गरिएको कन्सर्ट हो ।

    इम्याजिन नेपाल एक्सपिडिसनले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्ममा आफ्नो टिमका सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो।
    इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जानकारी दिनुभयो।

    इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागी रहेको बताए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै