•            
    • TOKHA LIVE

    • १३ माघ २०७८, बिहीबार १८:००

    नेपाल थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

    टाेखालाइभ डट कम/ माघ १३,२०७८

    काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेनाबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन्

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै