टाेखालाइभ डट कम/माघ २, २०७८
काठमाडौं । सरकारले माघ १५ गतेसम्मलाई मनोरन्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड संक्रमणको जोखिम बढिरहेको भन्दै सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द हुने भएको छ । यी लगायत भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल समेत जारी गरेको छ ।