•            
    • TOKHA LIVE

    • ८ पुष २०७८, बिहीबार ०८:३१

    पाटनमा भेटियो १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख

    काठमाडौं, पुष ८

    पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ ।

    ढल बनाउने क्रममा भीमसेन मन्दिर अगाडीे बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो ।

    ६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा बृषदेव कारितक भनेर राजा बृषदेवले राजविहार बनाएको भनेर उल्लेख गरिएको छ ।

    लिपिविज्ञ श्यामसुन्दर राजवंशीले विगतमा पाटन दरवार क्षेत्र बौद्ध विहार भएको यो अभिलेखले पुष्टि गरेको दावी गर्नुभयो । शिलालेखको गहन अध्ययन गर्नुपर्ने भन्दै उहाँले यसले नेपालको इतिहासलाई नयाँ मोड दिने बताउनुभयो । १५ पंक्ती पाठ रहेको अभिलेखमा लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा रहेको छ ।

    विज्ञको टोलीले बुधबार शिलालेखको प्रारम्भिक अध्ययन गरी उत्खनन् गरेर पाटन स्थित संग्रहालयमा लगेका छन् ।-ईमेजखबर डट कमबाट साभार।

    Facebook Comments

    सम्बन्धित खवर

    स्वस्थानी व्रत आजबाट सुरु गरिँदै

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै