•            
    • TOKHA LIVE

    • २१ मंसिर २०७८, मंगलवार १२:४१

    कोरोना विरुद्धको खोप लगाएकी महिलाको कोरोनाबाटै मृत्यु

    टाेखालाइभ/ मंसिर २१,२०७८

    काठमाडौं / कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुर हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    हेटाैँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ । – मध्यान्ह दैनिकबाट साभार

     

     

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै