•            
    • TOKHA LIVE

    • ४ मंसिर २०७८, शनिबार ०९:०१

    हायात होटलमा १८ औं हस्तकला व्यापार मेला शुरु ( फाेटाे फिचर)

    सानुराज डंगोल /नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/ मंसिर ४,२०७८

    काठमाडौं । नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिता शुक्रबारबाट हायात होटल बौद्धमा शुरु भएको छ । मेलाको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

    शुक्रबारबाट सुरु भएको मेला मंसिर ५ गते सम्म चल्नेछ ।मेला उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिको पहिचान भएको बताउँदै यसलाई विश्वबजारीकरणमा जोड दिनुपर्ने बताए ।स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी हस्तकलाको प्रवद्र्धन हुन सके राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउदै
    हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले देशको धर्म, संस्कृति र पहिचान नै हस्तकला भएको बताउदै हस्तकलाको विकास तथा व्यवसायीकरणको लागि
    सरकारले सक्दो सहयोग गर्ने बताए ।

    कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रविन्द्र शाक्यले सरकारले हस्तकलाको विकास, संरक्षण र प्रोत्साहन गर्न सरकारी कार्यालयमा स्वदेशी उत्पादित बस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्ने बताउदै हस्तकला हेर्ने छुट्टै मन्त्रालय वा अन्य सरकारी संस्थाको लागी पहल गरिदिन सरकारसँग आग्रह समेत गरेका थिए ।शाक्यले हस्तकलाको पहिचान र संरक्षणको लागि यो वर्ष हस्तकलाको वर्ष घोषणा गरेको बताउनुभयो ।

    १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कलाप्रतियोगिता
    मध्ये सहभागीबाट उत्कृष्टलाई सम्मान गरिएको थियो भने
    ७० वर्ष नाघेका र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई पनि सम्मान गरिएको छ।मेलामा विभिन्न हस्तकला विधाका १ सय २० भन्दा बढी स्टल रहेको छ ।

    कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष तथा उद्घाटन समारोहका सभापति सुरेन्द्रभाइ शाक्यको उपस्थितिमा सम्पन्न भएको थियो।

    कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य ,नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा , नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग परिसंघ(CNI) कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद अधिकारी,नेपाल घरेलुु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह,नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्म राज शाक्य लगायतको उपस्थिति रहेको थियोे ।

     

     

     

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै