•            
    • Hikmat Dangol

    • १० आश्विन २०७८, आईतवार १९:२३

    संगी को “संवेग” खोज्दै जॉदा

    • हिक्मत डंगोल

    टोखा लाइभ ।२०७८ असोज १० गते ।

    कलाकार संगी श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी ‘संवेग’ पाटनढोका चाकुपाटस्थित “एम क्युब ग्यालरीमा “ १५ दिने कला प्रदर्शनी सुरु भएको छ।

    चोट लाग्दा रुने र ख़ुशी हुदा हाँस्ने मानवीय संवेग हो। ईर्ष्या र डाह पनि मानवीय स्वभाविक संवेग हो ।मेहनतले,आफ्नो बलबुत्ताले अगाडि बढेको ब्यक्ति देखेर डाह नभएर प्रेरित हुने गरेको मलाई पढाउनु भएकी अमेरिकी एन्ना अरून्डेल कलेजका टिचर जेनिथ को मनाेविश्लेषणात्मक ठहर छ। जसले आफ्ना नैतिक जिम्मेवारी तथा सामाजिक मुल्यमान्यतारुपी सम्बन्धलाई दरीलो बनाउने उनको ठहर छ। माया प्रेम भनेको पनि मानवीय संवेग हो , आकर्षण विकर्षण पनि मान्छेको संवेग हो। जुन अनुभुति गरिन्छ तर देख्न सकिदैन ।महसुस गरिन्छ ।विश्वास र समर्पणमा अडिएको हुन्छ , जुन सम्बन्ध तमसुक गरिएको हुदैन । संगीका यही २ दर्जन कला चित्रहरूमा मानवीय अनुभूति, संवेग , प्राकृतिक सुन्दरता र यहॉको मानिसहरुले वर्तमान परिवेसमा भोगिरह्को कष्ट, कष्टभित्र फक्रिएका केही खुसीलगायतका कुरा धेरथोर आएका छन् । केलाएकी छिन् । खेलाएकी छिन् । र, पात्रहरुमार्फत उनीहरुको मनोविज्ञान र मनोदशा देखाएकी छिन्, त्यही तहको गुणवत्तासहितको उनको चित्रहरूमा भने मैले “ नोस्टाल्जिक “ भेटे।

    मानवीय संवेग तथा भावनाहरु समुन्द्रका कडा छालहरु हुन। जुन कुराले मानवलाई आत्मसन्तुष्टि दिन्छ त्यही हो खुशी । खुशी एक यस्तो मानविय संवेग हो, जसमा व्यक्तिले आफूलाई निकै गौरवशाली, प्रतिभाशाली र एक महान व्यक्तित्व ठान्दछ । यो चित्तमा शान्ति र जीवनमा सन्तुष्टिको भाव हो । सबै मानवजाति यो संसारमा विश्वास, आशा, जीत, प्रेम, सम्पति , दिर्घायु र ख़ुशी खोजिरहेका हुन्छ एकनासले। समय क्रमशः हामी १बाट२१औ शताब्दिमा आयौं तर हामी भित्रका संवेदनाहरु कहिल्यै बढेर गएन बरु झन झन हामी भौतिकतामा डुबेर मानवीय संवेग भुल्दैछौ….!

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै