• TOKHA LIVE

  • २४ भाद्र २०७८, बिहीबार १०:५४

एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुग्यो।

टाेखालाइभ डट कम /भाद्र २४,काठमाडौं

नेपालमा निकै नै विवाद भइरहेको एमसीसी परियोजनाबारे ठोष कुराकानीका लागि उपाध्यक्ष फतिमा र नायब उपाध्यक्ष ब्रुक्स नेपालको चारदिने भ्रमणका क्रममा आज नेपाल  आएका हुन् ।
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्  ।

कतार एयरवेजबाट उनीहरू बिहान काठमाडौं आइपुगे लगत्तै उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन्।उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

संगी को “संवेग” खोज्दै जॉदा

तत्काल मनसुन बाहिरिने संम्भावना छैन

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै